अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिँहको कडा निर्देशन
२०८१ माघ २६ गते शनिवार
- अस्पताल सञ्चालक आफैँले त्यसो नगरे सरकारले आफ्नो टोली पठाएर कारवाही गर्ने चेतावनी मुख्यमन्त्री सिँहले दिएका छन् ।
जनकपुर: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन् ।
अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर हेलचेक्रयाइँ भएको खबर सार्वजनिक भएपछि शुक्रबार राति अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएका थिए । उनले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिबार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएका थिए ।
अस्पतालमा तीनजना बिरामी भर्ना छन् । यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेकी समाचार सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री सिँहको गम्भीर ध्यानाकर्षण भएको थियो ।
अस्पताल सञ्चालक आफैँले त्यसो नगरे सरकारले आफ्नो टोली पठाएर कारवाही गर्ने चेतावनी मुख्यमन्त्री सिँहले दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गर्दा सञ्चालकसँग भेट नहुँदा फर्केका थिए । पहिलोपटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए । दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिँहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए ।
अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिँहले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गरी स्वीकृति लिन मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दा समेत सञ्चालकहरूले अटेर गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।