वार्षिकोत्सवको तयारीमा मधेश प्रदेश सभा, संघीयतामाथि प्रश्न जीवितै
- वार्षिकोत्सवको तयारी हुदैँ गर्दा के मधेश प्रदेश र प्रदेशवासीले संघीयताको अनुभव गर्न सकेको छ, प्रदेश संरचना निर्माण भएपछिको उपलब्धी के के हुन, अरु के गर्न बाँकी छ भन्ने प्रश्नहरुको उत्तर पाउन मुस्किल छ ।
जनकपुर : मधेश प्रदेश सभाको सातौं वार्षिक उत्सव मनाउने तयारी थालिएको छ ।
मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको तयारीलाई तिब्रता दिइएको छ ।
वार्षिकोत्सवको तयारी हुदैँ गर्दा के मधेश प्रदेश र प्रदेशवासीले संघीयताको अनुभव गर्न सकेको छ, प्रदेश संरचना निर्माण भएपछिको उपलब्धी के के हुन, अरु के गर्न बाँकी छ भन्ने प्रश्नहरुको उत्तर पाउन मुस्किल छ ।
सांसद राम आशिष यादवले वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयतामाथि प्रश्न उठिरहेको बताएका छन् ।
उनले भने, ‘जसरी प्रदेशका गौरवका योजनाहरु अन्तरगतका कार्यक्रमहरुलाई सरकारले राम्रोसँग चलाउन सकेन भएको विश्वविद्यालयलाई पनि गुणस्तर बनाउन सकिरहेको छैन् । भनेपछि वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयता माथि प्रश्न उठिरहेको छ । किनभने भएको ऐनलाई कार्यान्वयन गर्न त सक्नुपर्यो नि ।’
यसको साथै, अर्का सांसद भरत साहले संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु र उसका नेताहरु वेइमान रहेको बताए ।
उनले भने, ‘संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु वेइमान छन् । उसका नेताहरु वेइमान छन् । अझैपनि देशमा अर्को ठूलो महत्वपूर्ण आन्दोलन र परिवर्तन भएन भने महत्वपूर्ण अधिकारहरु दिने पक्षमा छैनन् ।’
संघीयता आएको सात वर्ष पूरा भइसक्दा केही काम भएको छैन् भन्न नमिल्ने सांसद रुपा यादव बताउँछिन् । उनले समग्रमा काम भएको र बाँकी कामका लागि नीति नियम बन्दै गरेको पनि बताइन् ।
उनले भनिन्, ‘संघीयता आएको सात वर्ष पूरा भइसक्यो । सात वर्षमा काम भएको छैन भन्ने पनि होइन तर जति हुनुपर्ने हो त्यो भन्दा कम भएको हो । यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि हेर्नुपर्ने हुन्छ । समग्रमा काम भएको छ । यसको लागि नीति नियम बन्दैछ, विस्तारै हुन्छ होला ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।