- शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
हेटौंडा : बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछानेले बताए । बैठकले भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए ।
मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धि विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ ।
बैठकले काभ्रेको तालढुङ्गामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रुपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’