प्रदेश लोकसेवा आयोगप्रति जनविश्वास: प्रदेश प्रमुख खापुङ
२०८१ माघ ९ गते बुधवार
- प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताए ।
मोरङ, ९ माघः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगप्रति जनविश्वास रहको बताएका छन्। प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले सार्वजनिक प्रशासन सेवामार्फत देश जनताको सेवाका लागि दक्ष जनशक्ति सिफारिस गर्न आयोगको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा जनताप्रति उत्तरदायी हुन सक्षम, सुदृढ र सबल कर्मचारी छनोटमा अझ चनाखो भई काम गर्न सुझाव दिए ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लोकसेवा आयोगले मर्यादा र उचाई वृद्धि गरी उत्कृष्ट परिणाम दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले आगामी ५० वर्षपछि सम्मका लागि ध्यानमा राखी आयोगको अत्याधुनिक भवन निर्माण आगामी वर्षदेखि सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश लोकसेवा आयोगलाई बलियो बनाइ जनतामा आकर्षण वृद्धि गर्नुपर्ने बताए । उनले प्रदेशमा जनतामैत्री कानुन ल्याउनुपर्नेमा जोड दिए ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगको निष्पक्ष कार्यले दुर्गम क्षेत्रका युवा उच्च पदमा आउन सफल भएको बताए ।
आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईं, सदस्य सजना दाहाल, टीकादत्त राई, सचिव तीर्थप्रसाद धिताल र प्रा कृष्ण पोखरेलले आयोगले गोपनियताका कायम राखी निष्पक्ष, निर्विवाद ढङ्गले कार्य गरिरहेको बताए ।
सोही अवसरमा प्रदेश प्रमुख खापुङलगायतले आयोगद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । आयोगमा हालसम्म तीन लाख ३८ हजार तीन सय ४३ ले विभिन्न पदका लागि दरखास्त दिएका छन्, भने दुई हजार एक सय दुई जनालाई विभिन्न पदमा नियुक्ति सिफारिस गरिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।