प्रतिनिधि सभाको अर्थ समितिको बैठक आज बस्दै

१० मार्ग, २०८३
सारांश
  • समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

काठमाडौं: प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ ।

 

समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

 

बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।

 

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार