प्रधानमन्त्रीको विदेश भ्रमणबारे कांग्रेसको प्रश्न, लोकतान्त्रिक अभ्यास तोडिएको आरोप
५ मार्ग, २०८३
- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दल र विषय विज्ञसँग परामर्श नगरेको भन्दै आपत्ति जनाएको छ।
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दल र विषय विज्ञसँग परामर्श नगरेको भन्दै आपत्ति जनाएको छ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वको भ्रमणअघि साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई सरकारले निरन्तरता नदिएको बताएका छन्।
कांग्रेसले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाने भएकाले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श आवश्यक रहेको जनाएको छ। यस्तो साझा समझदारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान थप बलियो बनाउने कांग्रेसको भनाइ छ।
यद्यपि सरकारसँग विभिन्न विषयमा असहमति रहे पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको कांग्रेसले जनाएको छ।
कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणलाई क्षणिक लोकप्रियता वा तात्कालिक प्रचारमा सीमित नराखी राष्ट्रिय हितमा केन्द्रित गर्न आग्रह गर्दै भ्रमणको पूर्ण सफलताको शुभकामना दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।