नेताको चाकडी नगर्न कर्मचारीहरुलाई गृहमन्त्री गुरुङको चेतावनी

५ मार्ग, २०८३
सारांश
  • गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।

काठमाडौँ : गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै कर्मचारीको जिम्मेवारीबारे स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै उनले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन् ।

 

पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिएका छन् । दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्नुपर्ने उनको भनाइ छ ।

 

गृहमन्त्री गुरुङले सरकारलाई नेताको चाकडी गर्ने नभई जनताको दुःख बुझ्ने, कर्तव्य पूरा गर्ने र देशप्रति इमानदार राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको बताएका छन्। उनले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार