चीन भ्रमणमा निस्कनुअघि रास्वपा सांसदसँग प्रधानमन्त्रीको भेटवार्ता

२७ कार्तिक, २०८३
सारांश
  • चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान सवा ११ बजेदेखि भेटवार्ता सुरु भएको हो।

काठमाडौं : चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान सवा ११ बजेदेखि भेटवार्ता सुरु भएको हो।

 

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसद चीन भ्रमणमा जान लागेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ।

 

११ दिनसम्म चल्ने भ्रमणका क्रममा सांसदहरूले चीनका विभिन्न सहरहरूको अवलोकन गर्नेछन्। भ्रमण टोलीले बेइजिङ, हाङचाउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

 

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सांसद सहभागी हुनेछन्।

 

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

 

चीन भ्रमणमा निस्कनुअघि सांसदहरूको टोलीले प्रधानमन्त्रीसँग भेट गरी छलफल गरेको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार