कोशी नाम दुईतिहाइ बहुमतले परिवर्तन गर्न सकिने

२५ असोज, २०८३
सारांश
  • कोशी प्रदेशको नाम परिवर्तनको माग अब प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गर्न सक्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै नाम संशोधनको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको हो ।

विराटनगर : कोशी प्रदेशको नाम परिवर्तनको माग अब प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गर्न सक्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै नाम संशोधनको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको हो ।

 

नियमावलीको नियम २१२ अनुसार नाम परिवर्तनको प्रस्ताव दर्ता गर्न प्रदेशसभाका कुल सदस्यको कम्तीमा एकतिहाइको समर्थन आवश्यक पर्नेछ । तर, नाम परिवर्तन गर्न भने प्रदेशसभामा दुईतिहाइ बहुमत जुटाउनुपर्नेछ ।

 

२०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानका आधारमा नामकरण गर्नुपर्ने मागसहित विभिन्न आन्दोलन हुँदै आएका छन् ।

 

नियमावली पारित भएपछि नाम परिवर्तनको पक्षमा रहेका दल र सांसदले औपचारिक प्रस्ताव अघि बढाउन सक्नेछन् । तर, आवश्यक दुईतिहाइ बहुमत जुटाउनुपर्ने भएकाले नाम परिवर्तनको भविष्य दलहरूबीचको सहमतिमा निर्भर रहनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार