परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली समकक्षी वाङबीच द्विपक्षीय वार्ता

२२ असोज, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वाङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वाङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ ।

 

वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै पक्षले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

 

अस्ट्रेलियाली परराष्ट्रमन्त्री वाङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाको समर्थन निरन्तर रहने बताएकी छन् ।

 

उनले बाढी प्रभावित क्षेत्रमा राहत र प्रारम्भिक पुनःस्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेकी छन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन उद्धार तथा राहतका लागि १ करोड १० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको थियो ।

 

मन्त्री खनालले अस्ट्रेलिया सरकार र जनताप्रति सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन अस्ट्रेलियाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

 

वार्तामा शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षण संस्था स्थापना, नेपाली विद्यार्थीका लागि सहज विद्यार्थी प्रवेशाज्ञा व्यवस्था, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन, श्रम आवागमन र नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्क विस्तारलगायत विषयमा पनि छलफल भएको छ ।

 

दुवै मन्त्रीले आगामी दिनमा उच्चस्तरीय भेटवार्ता निरन्तरता दिने र सहमत भएका विषयलाई व्यवहारमा कार्यान्वयन गर्दै दुई देशका जनतालाई लाभ पुग्ने गरी सहकार्य अघि बढाउने सहमति गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार