काँग्रेसको मतदान आज नहुने

२२ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ ।


काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ ।

 

केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक तयारी पुरा हुन नसकेपछि आज निर्वाचन नहुने भएको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा गरेर शुक्रबार बिहान ७ देखि मतदान हुने बताए ।

 

यसअघि आज बिहान १० बजे तय गरिएको मतदान तयारी नपुगेको भन्दै १ बजे र त्यसपछि साढे २ बजेका लागि सारिएको थियो । समितिले उम्मेदवार धेरै भएको र मतपत्र छपाइमा ढिलो भएका कारण आज मतदान हुन नसकेको बताएको छ ।

 

अर्कोतर्फ समयमा मतदान हुन नसकेपछि सहमतिको प्रयास जारी रहेको बताइएको छ । काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार चुनावी मैदानमा रहेका छन् । काँग्रेसको यस निर्वाचनमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार