अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

३ असोज, २०८३, शनिवार
सारांश
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन् ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन् ।

दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाव र भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए ।

 

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा आर्थिक सहकार्य अघि बढाउने विषयमा उच्चस्तरीय द्विपक्षीय, आर्थिक तथा नीतिगत छलफल गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार