संघीय संसदका दुई समितिको बैठक बस्दै

१७ कार्तिक, २०८३
सारांश
  • बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ ।

काठमाण्डौ, १७ कार्त्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् ।

 

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ ।

 

उक्त छलफलमा कानुनमन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ ।

 

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार