सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्
१६ कार्तिक, २०८३
- सर्वोच्च अदालतको फुल कोर्टले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका नाम जोडेर प्रकाशित तथा प्रसारित विषयको पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
काठमाडौं : सर्वोच्च अदालतको फुल कोर्टले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका नाम जोडेर प्रकाशित तथा प्रसारित विषयको पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले हालै विभिन्न छापा, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारबारे ध्यानाकर्षण भएको सर्वोच्च अदालतका प्रवक्ता तथा सहसचिव डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
अदालतले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम हुनुपर्ने भन्दै आवश्यक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम नागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी सत्यतथ्यमा आधारित सामग्री सम्प्रेषण गर्न अदालतले आग्रह गरेको छ ।
अदालतले कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
साथै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायाधीशहरूलाई आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्
-
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै फसे, बिहान प्रहरीले गर्यो उद्धार
-
६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान
-
तिहारका लागि ६४ करोडभन्दा बढीका झिलिमिली बत्ती भित्रिए, मूल्य बढ्ने
-
सर्वोच्चका न्यायाधीशहरू छलफलमै व्यस्त,
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।