राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असोज ०२ शुक्रवार
सारांश
  • सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १:१५ बजेदेखि बस्दैछ ।

काठमाण्डौ, ०२ असोज । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

 

सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १:१५ बजेदेखि बस्दैछ ।

 

आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनेछन् भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

 

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ भने सांसद मदन कुमारी शाह (गरिमा) ले 'सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी' सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार