संघीय संसदका चार समितिको बैठक बस्दै

२०८३ असोज ०२ शुक्रवार
सारांश
  • आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ ।

काठमाण्डौ, ०२ असोज । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ ।

 

आज दिउँसो २ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।

 

त्यस्तै, विहान साढे ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन-भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यसैगरी, बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।

 

त्यस्तै, आज बिहान १०: ३० बजेदेखि शुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार