बर्षामान पुनको प्रश्न- जनताले कतिवटा लाइन लाग्नुपर्ने हो ?

२ भाद्र, २०८३, मगलवार
सारांश
  • प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन्  ।

काठमाडौँ: नेकपाका सांसद बर्षामान पुनले जनताले कतिवटा लाइन लाग्नुपर्ने हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

 

प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन्  । 

 

उनले भने- 'आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन,  बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको पनि लाइन देखिन्छ, पासपोर्टको पनि लाइन देखिन्छ । नयाँ पार्टी, नयाँ साथीहरुको स्प्रिट थियो, विगत ३५ बर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो, आज त झन् धेरै लाइन देखियो, कतिवटा लाइन बस्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने भनेको हो ? यसमा हामीलाई जवाफ चाहिन्छ ।'

 

सांसद पुनले अब स्थापित पुरानो पार्टीलाई दोष दिएर नहुने भन्दै अब जवाफ दिनुपर्ने बताए । पुनले अहिले ग्यास र मल पुरानो पार्टीले गर्दा नपाइएको भन्दै वितरण प्रणाली ठिक गर्नुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म

भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

थप समाचार