योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
१९ श्रावण, २०८३, मगलवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्- 'कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिडेको होला? नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राखथ्यौ होला नि? यही काम समझदारीकासाथ पारदर्शी ढंगले गर्न पनि त सकिंन्छ नि? साट सुट, ठोक ठाक अनि शक्तिको भाषा किन? कसैका बारेमा एउटा मापदण्ड अनि अरूका बारेमा थरी थरीका मापदण्ड ?'
भट्टराईले नेकपा कालदेखि नै कर्णालीमा एमाले निर्णायक शक्तिका रूपमा रहे पनि मुख्यमन्त्री पद माओवादी र नेपाली कांग्रेसले पटक–पटक पाएको उल्लेख गरेका छन् । पछिल्लो पटक एमाले–कांग्रेस गठबन्धन बनेपछि भने एमालेले जसरी पनि कर्णालीको नेतृत्व लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको स्मरण गरेका छन् ।
उनले यामलाल कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारको छवि सकारात्मक बनेको, बजेट निर्माण, कार्यान्वयन तथा सुशासनका क्षेत्रमा राम्रो काम भएको भन्ने आम धारणा रहेको दाबी गर्दै यस्तो अवस्थामा कँडेल र कर्णाली प्रदेश कमिटीलाई नै किन ‘सजाय’ दिइयो भन्ने प्रश्न समेत गरेका छन् ।
एमाले र नेकपाबीचको सहमति पछि कर्णालीआमा नेकपाका मुख्यमन्त्री बनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।