सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
१९ श्रावण, २०८३, मगलवार
- भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।
काठमाडौँ: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस प्रक्रियामा युरोपेली संघको सकारात्मक सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका थिए । साथै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए ।
सभामुख अर्यालले हालै युरोपेली संघका सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको र निकट भविष्यमा युरोपेली संघसँग पनि यस्तो समूह गठन गरिने बताए। उनले संयुक्त आयोगका नियमित बैठक र उच्चस्तरीय भ्रमणले नेपाल–युरोपेली संघ सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।
राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ बलियो बन्दै जाने विश्वास व्यक्त गरिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
-
सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु
-
नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
-
मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
-
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।