शशांकको संयोजकत्वमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला आयोजक समिति गठन
१६ श्रावण, २०८३, शनिवार
- भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिएका छन् ।
भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताएका छन् ।
पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदिय जिम्मेवारीमा रहेका नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको कोइरालाले उल्लेख गरेका थिए ।
संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको बलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरू बीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ। कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
-
बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी
-
नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने
-
प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
-
धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।