- प्रचण्डले सुनसरी, मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
काठमाडौं: नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशको समग्र राजनीतिक अवस्था सहज नभएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् ।
प्रचण्डले भने- 'गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । बरु दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ ।'
प्रचण्डले सुनसरी, मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
उनले संवेदनशील र महत्वपूर्ण विषयमा छलफल भइरहेका प्रधानमन्त्री र गृहमन्त्रीको सर्बदलीय बैठकको अनुपस्थितिप्रति पनि चिन्ता व्यक्त गरेका थिए ।
उनले रास्वपाका नेताहरुलाई विशेष आग्रह गर्दै परिस्थितिको गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
-
बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी
-
नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने
-
प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
-
धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।