- प्रचण्डले सुनसरी, मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
काठमाडौं: नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशको समग्र राजनीतिक अवस्था सहज नभएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् ।
प्रचण्डले भने- 'गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । बरु दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ ।'
प्रचण्डले सुनसरी, मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
उनले संवेदनशील र महत्वपूर्ण विषयमा छलफल भइरहेका प्रधानमन्त्री र गृहमन्त्रीको सर्बदलीय बैठकको अनुपस्थितिप्रति पनि चिन्ता व्यक्त गरेका थिए ।
उनले रास्वपाका नेताहरुलाई विशेष आग्रह गर्दै परिस्थितिको गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।