देशको समग्र सुरक्षा अवस्था थप प्रभावकारी बनाउने सुरक्षा परिषदको निर्णय

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको थियो ।

काठमाडौँ: प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । 

 

बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

 

बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको थियो ।

 

बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

 

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खना, अर्थमन्त्री डा स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार