सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न खुस्बु ओलीको माग

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

काठमाडौँ: राप्रपा सांसद खुस्बु ओली सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरेकी छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न सरकारसँग माग गरेकी छन् । घटनापछि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेकी छन् ।

 

सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

 

उनले नेपालमा रोग्हिन्या, सोमालिया र पाकिस्तान मुलका मानिसहरुको आगमनले सुरक्षा चुनौती बढेको बताउदै सबै पक्ष जिम्मेवारी हुनुपर्ने बताएकी छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार