सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न खुस्बु ओलीको माग

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

काठमाडौँ: राप्रपा सांसद खुस्बु ओली सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरेकी छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न सरकारसँग माग गरेकी छन् । घटनापछि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेकी छन् ।

 

सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

 

उनले नेपालमा रोग्हिन्या, सोमालिया र पाकिस्तान मुलका मानिसहरुको आगमनले सुरक्षा चुनौती बढेको बताउदै सबै पक्ष जिम्मेवारी हुनुपर्ने बताएकी छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार