- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
काठमाण्डौ, २५ अषाढ़ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१ २०८२, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने आजकै बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै मन्त्री गौतमले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।