एमाले नेतृ पदमा अर्यालको प्रश्न- रास्वपा वाशिङ मेशिन हो ?

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • उनले सरकारले सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण काम गरेर राजनीतिक दलहरुलाई कमजोर बनाउन लागिरहेको आरोप लगाउदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्रीहरुलाई थुनेको विषयलाई सरकारले आफ्नो उपलब्धि ठानेको उल्लेख गरेकी छन् ।

काठमाडौं: नेकपा एमालेकी नेतृ पदमा अर्यालले रास्वपा वाशिङ मेशिन भएको आरोप लगाएकी छन् ।

 

बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद अर्यालले अख्तियार हुदा हुदै आयोग गठन गरेर सम्पत्ति छानविनबाट  बहालवाला मन्त्रीहरुलाई बाहिर राखिएको भन्दै रास्वपा वाशिङ मेशिन हो भन्दै प्रश्न गरेकी हुन् ।

 

उनले सरकारले सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण काम गरेर राजनीतिक दलहरुलाई कमजोर बनाउन लागिरहेको आरोप लगाउदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्रीहरुलाई थुनेको विषयलाई सरकारले आफ्नो उपलब्धि ठानेको उल्लेख गरेकी छन् ।

 

आर्यालले अख्तियार हुदा हुदै सम्पत्ति छानबिन आयोग गठन गरेको भन्दै बहालवाला मन्त्रीहरुलाई छानबिनको दायराबाट बाहिर राखेकोबाट यसको नियत प्रष्ट भएको उल्लेख गरिन ।

 

त्यस्तै जान्नेलाई छान्ने भन्ने रास्वपाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडेकालाई नियुक्ति दिइरहेको आरोप लगाउदै रास्वपा सरकार सय दिनमा जनतासँग गरेका बाचामा चुकेको दाबि गरिन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार