एमाले सांसद राईका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • आजको पहिलो बैठकमा सभामुखले सांसद राईलाई बोल्न रोकेका थिए । विवादपछि बोलेका राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए । सोही कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

काठमाडौं: प्रतिनिधि सभामा एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट  हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्देशन दिएका छन् ।

 

बुधबारको प्रतिनिधिसभा बैठकमा राईले सभामुखले ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेको अभिव्यक्ति अर्यालले हटाउन निर्देशन दिएका हुन् । 

 

आजको पहिलो बैठकमा सभामुखले सांसद राईलाई बोल्न रोकेका थिए । विवादपछि बोलेका राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए । सोही कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

 

त्यसपछि बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा राईले आफ्ना कुरा राख्दै आफ्ना कुरा पुरा नसुनेर सभामुखले माइक काटेको आरोप लगाए । राईले आफ्ना कुरा राखेपछि सभामुखले आजको पहिलो बैठकमा राईले प्रयोग गरेको सम्पूर्ण शब्द हटाउन निर्देशन दिएका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार