प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग छलफल गर्दै

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गर्दै छन् ।

 

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

​बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहने बताइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार