विष्णु पौडेललाई थुनामा राख्न पाँच दिन म्याद थप

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई बुधबार विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

 

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई बुधबार विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।

 

असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुरुमा सात दिनको म्याद दिइएकोमा त्यसपछि असार १५ गते ३ दिनको र असार १८ गते ६ दिनको म्याद थप भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार