रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

११ आषाढ़, २०८३, बिहिवार
सारांश
  • यसअघि आजै सम्पन्न पहिलो चरणको मतदानमा भने करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदानका बारेमा प्रश्न उठिरहेको छ ।

चितवन: रास्वपाले दोस्रो चरणको निर्वाचन तालिका सार्बजनिक गरेको छ । निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

 

पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६: ३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७: ३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८:३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्म र सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदानक ओसंय तोकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

 

त्यस्तै आयोगले मतगणना राति सवा १२ देखि सवा १ बजेसम्म हुने र मतपरिणाम घोषणा राति १:३० बजे हुने जानकारी दिएको छ ।

 

यसअघि आजै सम्पन्न पहिलो चरणको मतदानमा भने करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदानका बारेमा प्रश्न उठिरहेको छ ।

 

रास्वपाको पदाधिकारीमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीको मात्र निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार