- नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका छन् ।
काठमाण्डौ, ११ अषाढ़ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी रहेको बताउदै रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्- 'चुनावका बेला 'प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने' दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राष्ट्रिय अधिवेशन मार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ । चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ ।
उनले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको उल्लेख गरेका छन् । साथै उनले निर्वाचनका समयमा गरिएका बाचा विपरितका गतिविवि विरुद्ध एकजुट भई खबरदारी गर्न समेत आव्हान गरेका छन् ।
रास्वपाको महाधिवेशनको बन्दसत्रमा डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दस्ताबेजमा प्रदेसको अहिलेको संरचना खारेज गरेर स्थानीय तह प्रमुखको प्रदेश काउन्सिल बनाउनुपर्ने प्रस्ताव गरेपछि राजनीतिक वृत तरंगित बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।