गणेश कार्कीको असन्तुष्टि- के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?
२०८३ अषाढ़ ११ विहीवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मतदान सुचीमा आफ्नो नाम पछि राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाण्डौ, ११ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मतदान सुचीमा आफ्नो नाम पछि राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै कार्कीले जारी मतदानमा आफ्नो नाम १३३औं नम्बरमा रहेको भन्दै भोटिङ मेशिनमा के आधारमा स्थान तोकियो भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्- 'खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।'
रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि गएराती १२ बजेदेखि मतदान जारी रहेको छ भने यसका लागि प्रदेश र खुला गरेर ३८४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।