पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन- अशिका तामाङ
११ आषाढ़, २०८३, बिहिवार
- रास्वपाको केन्द्रीय सदस्यको मतदानमा अस्तव्यस्त अवस्थाप्रति असन्तुष्ट जनाएकी आशिकाले आफुलाई फागुन २१ को जस्तो निर्वाचन जस्तो लागेको भन्दै पार्टीको निर्वाचन आयोग हुन्छ भन्ने जानकारी नभएको बताएकी हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने आफुलाई थाहा नभएको बताएकी छन् ।
रास्वपाको केन्द्रीय सदस्यको मतदानमा अस्तव्यस्त अवस्थाप्रति असन्तुष्ट जनाएकी आशिकाले आफुलाई फागुन २१ को जस्तो निर्वाचन जस्तो लागेको भन्दै पार्टीको निर्वाचन आयोग हुन्छ भन्ने जानकारी नभएको बताएकी हुन् ।
उनले भनेकी छन्- 'मैले सोचे फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो, पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान म मा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ ? मेरो राजनीतिकमा जन्म भाको दुई महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ के थियो न आमा न स्वयम् आफू हु! मान्छे सिक्दै जाने हो बुज्दै जाने हो !'
उनले महाधिवेशनबाट दुख पाउने भुइँमान्छे नै भएको बुझेको बताएकी छन् । उनले भनेकी छन्- 'मैले महाधिवेशन बाट के बुझे भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि !'
आशिकाले दर्ता गर्दा आफ्नो नाम ३७ नम्बरमा रहेपनि भोटिङ मेशिनमा १०६ नम्बरमा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।