रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छ- डा. स्वर्णिम वाग्ले
२०८३ अषाढ़ ०७ आइतवार
- उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।
उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए ।
डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुपर्नेमा जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।