पूर्वाधार न्यायाधिकरण बनाउछौं- मन्त्री गौतम

११ जेठ, २०८३, सोमवार
सारांश
  • समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी प्रतिवेदनमाथि छलफल भएको छ ।

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार पूर्वाधार न्यायाधिकरण बनाउने तयारीमा रहेको बताएकी छन् । 

 

प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले पूर्वाधार आयोजना सम्बन्धी विवाद छिटो र प्रभावकारी रूपमा समाधान गर्न न्यायाधिकरण आवश्यक रहेको निष्कर्ष उच्चस्तरीय कार्यदलले निकालेको जानकारी दिदै सरकार न्यायाधिकरण बनाउने तयारीमा जुटेको बताएकी हुन् ।  उनले भनिन - 'कार्यदलले पूर्वाधार न्यायाधिकरणको गठनको सुझाव दिएपछि पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धि कानुन तर्जुमाको प्रक्रियामा रहेको छ । मन्त्रालयले अब सुरु गरिसकेको छ ।’

 

समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी प्रतिवेदनमाथि छलफल भएको छ ।

 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले मन्त्रालयमा प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताउँदै त्यस्ता विषय सम्बन्धित निकायमा पठाइने जानकारी दिइन् । उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम भए नभएको नियमित अनुगमन भइरहेको बताइन् ।

 

मन्त्री गौतमले मन्त्रालयको कामलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको जानकारी दिएकी थिइन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार