संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

२०८३ वैशाख २८ सोमवार
सारांश
  • सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै शुरु हुँदैछ ।

काठमाण्डौ, २८ वैशाख । आज संघीय संसदको बजेट अधिवेशन शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै शुरु हुँदैछ ।

 

आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

 

यस बाहेक  सभामुखले यस अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै आजको राष्ट्रिय सभाको बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार