सभापति थापाबाट काँग्रेस केन्द्रीय सदस्यमा १९ जना मनोनित
२८ बैसाख, २०८३, सोमवार
- काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् ।
जसमा महेन्द्र यादव— धनुषा, जीवन परियार— कास्की, उमेश श्रेष्ठ — चितवन, रमेश रिजाल —पर्सा, सुजाता कोइराला- मोरङ, दिलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर, आङ्गेलु शेर्पा- सोलुखुम्बु, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल- प्यूठान, सुशिला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।