हामी जीवनी लेख्न होइन इतिहास बनाउन आएका हौँ- रवि लामिछाने
२७ बैसाख, २०८३, आइतवार
- रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफु जीवनी लेख्न राजनीतिमा नआएको बताउदै इतिहास लेख्न आएको र यसको शुरुवात भइसकेको बताएका हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु इतिहास बनाउन राजनीतिमा आएको बताएका छन् ।
रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफु जीवनी लेख्न राजनीतिमा नआएको बताउदै इतिहास लेख्न आएको र यसको शुरुवात भइसकेको बताएका हुन् ।
लामिछानेले आफुहरुले सजिलो क्रान्ति गरेर अहिले सत्तामा आएको बताउदै पुराना दलहरुले ३० बर्षसम्म आफ्नो सबै कुरा बिर्सेर देशका लागि संघर्ष गरेर प्रजातन्त्र ल्याएको र जनयुद्ध जस्ता क्रान्ति गरेर अहिले अवस्था आएको बताए ।
उनले भने- 'अहिले कति सजिलो छ, घरमा बिहान घरमा खाना खाएर परिवारसँग बसेर बालबच्चासँग बसेर काम गर्ने अवसर छ । यति सजिलो अवस्थामा पनि हामीले काम गर्न सकेनौं भने हामि जस्तो नालायक कोहि हुने छैन ।'
उनले सांसद भएर आफ्नो भूमिका निभाउनुपर्ने बताउदै मन्त्री भएर मात्र प्रतिष्ठा बढ्ने नभएको र सांसदको रुपमा कानुन बनाउने काममा लाग्नुपर्ने जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।