रास्वपाले आशिका तामाङलाई अनुशासनको कारवाही गर्न लागेको हो ?
२७ बैसाख, २०८३, आइतवार
- शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले प्रश्न उठाउदै सिंहदरबारमा यति धेरै हल हुदा पनि पैसा तिरेर बाहिर किन गरिएको भन्दै प्रश्न उठाएकी हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् ।
शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले प्रश्न उठाउदै सिंहदरबारमा यति धेरै हल हुदा पनि पैसा तिरेर बाहिर किन गरिएको भन्दै प्रश्न उठाएकी हुन् ।
उनले भनेकी छन्- 'संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु पर्नु कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने ? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैन ? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?'
आशिकाले यसै पोष्टको कमेन्टमा यसअघि रास्वपाले टुलिप होटलमा गरेको प्रशिक्षणको सन्दर्भमा समेत टिप्पणी गर्दै टुलिप होटेल, फाइभ स्टारको होटेल भनेर पहिले थाहा पाएको भए, आफु त्यो अभिमुखीकरण कार्यक्रममा जाँदै जाने थिइन भनेकी छन् ।
शनिबारदेखि शुरु भएको रास्वपाको सांसदहरुको प्रशिक्षणमा धेरै सांसदहरु अनुपस्थित रहेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले कार्यक्रममै असन्तुष्टि जनाउदै यसलाई नोटिसमा लिएको चेतावनी दिएका थिए । उनले अनुपस्थित सांसदहरुलाई कारवाहीको संकेत समेत गरेका थिए ।
यसैबीच रास्वपाले आज साँझ ६ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएर अनुशासनको कारवाही गर्ने विषयमा छलफल हुने एजेण्डा राखेको छ । प्रवक्ता मनिष झाका अनुसार अनुशासनको करवाहीको विषयमा बैठकमा छलफल हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।