नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ किसिमले अगाडी बढाउनुपर्छ- प्रचण्ड
२७ बैसाख, २०८३, आइतवार
- आइतबार कम्युनिष्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा बोल्दै प्रचण्डले सबै कम्युनिष्टहरु एक ठाउमा आउन नसके ठुलो संकट आउन सक्ने टिप्पणी गरे ।
काठमाडौँ: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ किसिमले अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार कम्युनिष्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा बोल्दै प्रचण्डले सबै कम्युनिष्टहरु एक ठाउमा आउन नसके ठुलो संकट आउन सक्ने टिप्पणी गरे ।
उनले अहिले कम्युनिष्ट आन्दोलनलाई नै किनारमा पुर्याउन खोजिएको भन्दै नेतृत्वकर्ताहरुले जनताको एकताको चाहनालाई बुझेर आफ्ना स्वार्थ त्याग्न तयार भए देशभक्त र कम्युनिष्ट शक्ति मिलेर जान सकिने बताए ।
उनले भने- 'आम रुपमा बामपन्थी र देशभक्त एकबद्ध हुनुपर्यो भन्ने आवाज उठेको छ । त्यस्तै अर्कोतर्फ शान्ति सम्झौता पक्षका दलहरु पनि एक ठाउमा आएर एउटा मोर्चा बनाउनुपर्ने आवाज जनताले उठाएका छन् ।'
प्रचण्डले भदौ २३ र २४ पछिको अवस्था नकारात्मकनै रहेको बताउदै नकारात्मक अवस्थामा पनि केहि सकारात्मक खोज्नुपर्ने र सबै कम्युनिष्ट एक हुने अवसर समेत भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।