संघीय संसद्को बजेट अधिवेशन भोलिबाट, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२७ बैसाख, २०८३, आइतवार
सारांश
  • संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त बैठकमा सहभागी हुन सांसदहरूलाई अपराह्न ३:४५ बजेसम्म उपस्थित हुन अनुरोध गरिएको छ।

काठमाडौँ: संघीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।

 

संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त बैठकमा सहभागी हुन सांसदहरूलाई अपराह्न ३:४५ बजेसम्म उपस्थित हुन अनुरोध गरिएको छ।

 

यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछन्। प्रतिनिधिसभामा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन, नियमावलीसम्बन्धी कार्यसूची तथा बाधा अड्काउ फुकाउ अनुमोदनलगायत एजेण्डा छन्।

 

त्यस्तै, सरकारले सार्वजनिक खरिद, संवैधानिक परिषद्, सार्वजनिक पदाधिकारी पदमुक्तिलगायत ८ वटा अध्यादेश संसद्मा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार