मधेशको सरकारलाई निरन्तरता दिने निर्णय, यथाशिघ्र विश्वासको मत लिइने
२७ बैसाख, २०८३, आइतवार
- सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरेका छन् ।
जनकपुरधाम: मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरेका छन् ।
यादव नेतृत्वको सरकारमा रहेको जनमतले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार परिवर्तनको चलखेल शुरु भएको थियो ।
१०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५१ सिट आवश्यक पर्दछ । जसमा सरकारमा रहेका चार दलमा काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५ र लोसपाको ८ सिट गरेर कुल ६३ सिट रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।