- शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त सचेतक मेचेलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
काठमाडौँ: नेकपा एमालेले राष्ट्रियसभामा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादलले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकमा नियुक्त गरेका हुन् ।
शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त सचेतक मेचेलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
गत माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मेचे कोशी प्रदेशबाट एमालेको तर्फबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभा पुग्ने उनी पहिलो महिला पनि हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।