- आज प्रतिनिधि सभा अन्तर्गतका एक र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २२ वैशाख । आज प्रतिनिधि सभा अन्तर्गतका एक र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहान ११ बजे बस्ने बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समिक्षा गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान १०: ४५ बजेदेखि शुरु हुने बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।