उज्यालो नेपाल र श्रम संस्कृति पार्टीबीच एकताबारे निरन्तर छलफल: कुलमान घिसिङ
२२ बैसाख, २०८३, मगलवार
- आज काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ राजनीतिक दलहरूबीच एकताको चर्चा हुनु स्वाभाविक भएको बताए। उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने दाबीसमेत गरे।
काठमाडौँ: कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच एकतासम्बन्धी छलफल जारी रहेको अध्यक्ष घिसिङले बताएका छन्।
आज काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ राजनीतिक दलहरूबीच एकताको चर्चा हुनु स्वाभाविक भएको बताए। उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने दाबीसमेत गरे।
घिसिङले भने, “स्थानीय तहमा धेरै ठाउँमा हामी जित्छौँ। जित्ने गरी अगाडि बढ्ने तयारी भइरहेको छ। एकता पनि हुन सक्छ, कार्यगत एकता पनि हुन सक्छ, वा एक्लै पनि जान सकिन्छ—परिस्थिति हेरेर निर्णय हुन्छ।”
उनका अनुसार श्रम संस्कृति पार्टीसँग समय–समयमा संवाद भइरहेको छ र वार्ता रोकिएको छैन। “उहाँहरूले प्रस्ताव ल्याउनुभएको छ। त्यसबारे छलफल भइरहेको छ,” उनले थपे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।