पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

२०८२ चैत्र १४ शनिवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ परेका छन् ।

काठमाण्डौ, १४ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोली ओलीलाई भक्तपुरस्थित उनको निवास गुण्डुबाट पक्राउ गरेको हो ।

 

ओलीलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

 

अहिले गुण्डु क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सो क्षेत्रमा केहि संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ ।

 

भदौ २३ र २४ गतेको घटना हुदा ओली प्रधानमन्त्री थिए भने उनले आफुले गोली चलाउने आदेश नदिएको दाबि गर्दै आएका थिए । उनले भदौ २४ गते राजीनमा दिदै प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका थिए ।

उनको सरकारका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक आजै बिहान पक्राउ परिसकेका छन् ।  

 

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

 

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आयोगको सिफारिस  कार्यन्वयन गर्ने विषयमा छलफल गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार