- निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्ता कार्य नगर्न र नगराउन कार्यालयले सचेत गराएको हो।
कतै तपाईपनि कसलाई भोट हाल्नुहुन्छ भनेर सोधिरहनु भएको छ, यदि छ भने ख्याल गर्नुहोस है। यसो गर्नु निर्वाचन आचार संहिताको उलंघन गर्नु हो।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमले 'कसलाई मत दिनुहुन्छ?' भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गरेकोमा कडा आपत्ति जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्ता कार्य नगर्न र नगराउन कार्यालयले सचेत गराएको हो।
नियमअनुसार, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्रै निर्वाचन प्रचारप्रसार, जुलुस, आमसभा वा घरदैलो गर्न पाइने व्यवस्था छ। तर, कतिपय राजनीतिक दल र उम्मेदवारले निर्धारित समयअगावै कोणसभा गर्ने र प्रचार सामग्री प्रसारण गरी मतदातालाई प्रभाव पार्न खोजेको पाइएको निर्वाचन कार्यालयले जनाएको छ।
अनुगमन अधिकृतहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराउँदै, आचारसंहिता उल्लङ्घन गरेको प्रमाण भेटिएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। निर्वाचनको स्वच्छता कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।