- आयोगका अनुसार हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कारबाही प्रक्रियालाई थप तीव्र पारेको छ।
आयोगले पछिल्लो दुई दिनमा मात्रै थप ९ जनालाई स्पष्टीकरण सोधेको छ। बाजुराका रास्वपा उम्मेदवार हेमराज थापालाई बागमती प्रदेशका मुख्यमन्त्रीमाथि अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा ३ दिनभित्र जवाफ दिन भनिएको छ।
यस्तै, झापा क्षेत्र नं. ५ का रास्वपा उम्मेदवार बालेन्द्र शाहलाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। उनको प्रचारप्रसारमा श्रीमतीसँगै सादा पोसाकका प्रहरी खटिएको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आयोगले यस विषयमा स्पष्ट पार्न निर्देशन दिएको हो।
उता सिन्धुपाल्चोक क्षेत्र नं. १ मा निर्वाचन कार्यालय बाहिर दलको चिह्न पेन्ट गरेको विषयमा नेकपा र उम्मेदवार माधव सापकोटालाई पनि स्पष्टीकरण सोधिएको छ। यसका साथै रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानी पनि आयोगको कारबाहीको दायरामा परेका छन्।
आयोगका अनुसार हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ। भ्रामक सन्देश फैलाउने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिललाई समेत पत्राचार गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।