एमालेको सचिवालय बैठक आज बस्दै

२०८२ मङ्सिर २६ शुक्रवार
सारांश
  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

काठमाण्डौ, २६ मङ्सिर । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

 

बैठकमा शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशनका प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ ।

 

एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ । धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार