एमालेको महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गरिदै

२०८२ मङ्सिर २६ शुक्रवार
सारांश
  • महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

भक्तपुर : नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

 

महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । 

 

मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म सम्पूर्ण काम सकिने जानकारी दिए ।  

 

जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए । झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने दावी गर्दै उनले कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको जानकारी दिए ।

 

जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताउदै ढकालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार