साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ: ओली
२०८२ मङ्सिर २६ शुक्रवार
- शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् ।
शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।
उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ ।
त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले विश्वका विभिन्न क्रान्तिहरुका प्रेरकहरु ,साहित्यकारहरु र रचनाकारहरु रहेको बताए ।
समाजउपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ । आफ्ना अनुभूति र साहित्यीक प्रतिभालाई बाहिर ल्याउनुपर्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्
-
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै फसे, बिहान प्रहरीले गर्यो उद्धार
-
६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान
-
तिहारका लागि ६४ करोडभन्दा बढीका झिलिमिली बत्ती भित्रिए, मूल्य बढ्ने
-
सर्वोच्चका न्यायाधीशहरू छलफलमै व्यस्त,
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।